शैक्षिक गुणस्तरको केन्द्रको रुपमा यस विद्यालयलाई विकास गर्दै वृहत् सामाजिक रुपान्दरणको संवाहक बनाउनु यस विद्यालयको दूरदृष्टिको रुपमा दिईएको छ ।
– विद्यालयका अपाङमैत्री तथा सुरक्षित बाताबरण सहितको पर्याप्त भौतिक, शैक्षिक तथा व्यवस्थापकिय पूर्वाधारको विकास गरी गुणस्तीय सिकाइका लागि दीघो आधार तयार गर्ने ।
– सबैका लागि समतामुलक पहुँच, सहभागिता र गुणस्तर सुनिश्चिम गर्दै कक्षा दोहो¥योउने, विद्यालय छाड्ने दरलाई घटाउँदै विद्यालयको आन्तरिक सक्षमता र सिकाइ स्तरमा बुद्धिगर्ने ।
– शैक्षिक पाठ्यक्रमको निर्माण, शिक्षण सिकाई विधिहरुको प्रयोग तथा विकास, सिकाई मूल्याङन तथा सिकाई उपलब्धी प्रमाणिकरणमा रचनात्मक विधि पद्धतिको खोज गरी शिक्षामा रचनात्मक अभ्यास गर्ने ।
– योग्य शिक्षकहरुलाई तालिम, प्रोत्साहन, अध्ययन तथा अनुसन्धानतर्फ उत्प्ररित बनाइ विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्ने ।
– विद्यालयका कक्षाकोठामा हुने शिक्षण सिकाईलाई व्यवस्थित, शैक्षिक सामाग्री तथा प्रविधिमैत्री र योजनावद्ध बनाई सिकाई स्तरमा उल्लेख सुधार गर्ने ।
– विद्यालयमा पढाई हुने विषयमा विविधिकरण गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने ।